aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सिटिजन्स बैंकको आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
सिटिजन्स बैंकको आफ्नै भवनबाट प्रिभिलेज बैंकिङ्ग सेवा शुरु

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकहरूका लागि कमलादी ,काठमान्डौंमा २२ नोभेम्बर, २०२१ मा  काउन्टर विस्तार गरेको छ । यस अघि बैंकको प्रधान कार्यालय,नारायणहिटी पथमा रहेको एचष्खष्भिनभ काउन्टर बाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । साथै अब उपरान्त ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत  सेवाहरु  प्रदान गर्ने उद्देश्यले कमलादीमा  आफ्नै भवनबाट पनि विशेष बैंकिङ्ग  सेवा सुरु गरिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११३   वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न क्अबल ७ ध्ष्तजमचबध सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । 

 बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस