aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सिटिजन्स बैंक डिजिटल बैंकिङ्गमा अग्रसर हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
सिटिजन्स बैंक डिजिटल बैंकिङ्गमा अग्रसर हुँदै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ्ग मार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो । 

यो सेवा प्रारम्भ भएसंगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झट बाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले गरेको छ । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको छ । 

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने बिश्वास समेत बैंकले लिएको छ ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा,  १२३  वटा एटिएम र ११३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ५० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस