aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

जिल्लाको उत्कृष्ट करदाताको रुपमा सिवाईसी लघुवित्त सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
जिल्लाको उत्कृष्ट करदाताको रुपमा सिवाईसी लघुवित्त सम्मानित

बागलुङ । जिल्ला स्थित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा बुधवार सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङले दशौं राष्ट्रिय कर दिवसको अवसर पारी एक कार्यक्रमका आयोजना गरी आर्थिक वर्ष २०७६।०७७ मा राजस्व कार्यालय बागलुङको कार्यक्षेत्र अन्तर्गत बागलुङ जिल्लाबाट सबैभन्दा बढी आयकर दाखीला गर्ने करदाताको रुपमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङलाई सम्मानित गरेको हो । 

कार्यक्रम आन्तरीक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई टिका, दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेका थिए । 

सम्मान पश्चात बोल्दै प्रमुख कर अधिकृत आचार्यले सिवाईसी उत्कृष्ठ करदाताको रुपमा सम्मानित भएकोमा बधाई तथा शुभकामना समेत दिएका थिए ।  कुनै पनि व्यवसाय सञ्चालन गरिसकेपछि त्यसको सुरक्षा दिने कर्तव्य राज्यको भए जस्तै व्यवसाय गर्ने संस्था तथा व्यवसायीले मुनाफाबाट राज्यलाई कर तिर्नु उनीहरुको दायीत्व हुने बताए । 

सोही कार्यक्रममा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले राज्यले सामान्य करदातामा पनि कर तिरेकोमा गर्व गर्ने भावना विकसित गर्न आवश्यक रहेको बताएका थिए ।
 

प्रतिक्रिया दिनुहोस