aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

बैंकमार्फत दिइने सामाजिक सुरक्षाभत्ताः शारीरिक अशक्तता भएकालाई बोकेर पुर्याउनु पर्ने बाध्यता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
बैंकमार्फत दिइने सामाजिक सुरक्षाभत्ताः शारीरिक अशक्तता भएकालाई बोकेर पुर्याउनु पर्ने बाध्यता
तस्बिरः रमेश केसी/रासस

माथी देखिएको तस्बिर तपाईलाई झट्ट हेर्दा बिरामी बोकेर अस्पताल लगिदै गरेको जस्तो लाग्न सक्छ । तर, तस्बिरमा देखिएको अवस्था त्यस्तो होइन । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैंक तर्फ लगिदै गरेको तस्बिर हो यो । 

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् ।

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । 
 

प्रतिक्रिया दिनुहोस