aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

प्राइम कमर्सियल बैंकले पुस ६ गते बोलायो साधारण सभा, १६.६३ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
प्राइम कमर्सियल बैंकले पुस ६ गते बोलायो साधारण सभा, १६.६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले पुस ६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर १० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंबाट विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित १६ दशमलव ६३ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।  
 

प्रतिक्रिया दिनुहोस