aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

हिमालयन बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ मंसिर २०७८
हिमालयन बैंकको नयाँ शाखा कैलालीको टिकापुरमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कैलालीको टीकापुर नगरपालिका–०१, जमरापारीमा उक्त शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखा मंगलबारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने जजनाएको छ । 

टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार सुरु गरेको छ । बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सूदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक देब अग्रवालले बताए ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७३, विस्तारित काउन्टर संख्या ५ पुगेको छ । साथै एटीएमको संख्या १४६ र ५००० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस