aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

लक्ष्मी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ मंसिर २०७८
लक्ष्मी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले पुस ८ गते २१औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ ।  बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर  प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २४ गते बुक क्लोजको मिति समेत तय गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस