aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

निक्षेपका लागि राष्ट्र बैंकले माग्यो वित्तीय संस्थासँग प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ मंसिर २०७८
निक्षेपका लागि राष्ट्र बैंकले माग्यो वित्तीय संस्थासँग प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग एक वर्ष अवधिको निक्षेपका लागि प्रस्ताव मागेको छ। नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब पाँच करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप राख्ने भएको हो । 

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार कुल निक्षेपमध्ये दुई अर्ब ४४ करोड रुपैयाँ वाणिज्य बैंकलाई, ४५ करोड ७५ लाख राष्ट्रियस्तरका विकास बैंकलाई र १५ करोड २५ लाख फाइनान्स कम्पनीलाई छुट्याइएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आगामी बुधबारसम्म व्याजदरसहितको प्रस्ताव गर्नुपर्ने छ।

निक्षेप लिन बैंक सञ्चालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल सापटीको ५ प्रतिशतभन्दा कम रहेको, नाफामा रहेको, घरजग्गा कर्जा सीमाभित्र रहेको हुनुपर्ने लगायतका सर्तहरू तोकिएको छ।

हेर्नुहोस् राष्ट्र बैंकको सूचना  


 

प्रतिक्रिया दिनुहोस