aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कुमारी बैंकको ३० लाख कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० मंसिर २०७८
कुमारी बैंकको ३० लाख कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० लाख कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा ल्याएको छ । बैंकले भीम कृष्ण उदासले विक्री गर्न चाहेको उक्त शेयर विक्री प्रकृया अघि बढाएको हो ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी यो शेयर विक्रीको लागि ३५ दिने सुचना जारी गरेको छ । शेयरको मूल्य भने तोकिएको छैन् । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा भने संस्थापकभन्दा बाहिर शेयर विक्री प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ । 

प्रतिक्रिया दिनुहोस