काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ३१ हजार ७२९ कित्ता संस्थापक शेयर सोमवारदेखि लिलामीमा आएको छ । बैंकले दुई संस्थापक शेयरधनीहरुले विक्री गर्न चाहेको उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र ३५ दिने सुचना आव्हान गरेको हो ।
यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस