aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एक हप्तामा बैंकमा ७ अर्बको निक्षेप बढ्यो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २१ मंसिर २०७८
एक हप्तामा बैंकमा ७ अर्बको निक्षेप बढ्यो

काठमाडौं । गत साता बैंकहरूमा निक्षेप बढेको छ । केही समययता घटेको बैंकहरूको निक्षेप गत साता पुनः बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रूपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरूको निक्षेप ७ अर्ब रूपैयाँले वृद्धि भएको छ ।

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४–१४ अर्ब रूपयाँ लगानी विस्तार गरेका छन् ।

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । बैंकमा निक्षेप संकलन सामान्य बढे पनि तरलता दवाब भने उस्तै रहेको छ । नेपाल राष्ट्र बैैंकका अनुसार अहिले बैंकिङ क्षेत्रको सीडी रेसियो (निक्षेप र कर्जा अनुपात) राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि पुगेको छ । सोमबार यस्तो रेसियो ९०.८८ प्रतिशत पुगको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस