काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकले प्रस्ताव गरेको १४ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको सोमवार कायम अन्तिम मूल्य ४३१ दशमलव ७० रुपैयाँको आधारमा नेप्सेले बोनस शेयरपछिको मूल्य ३७८ दशमलव ६८ रुपैयाँ तोकेको हो ।
बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्तापूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात यो पूँजी १४ अर्र्ब ४० करोड ५९ लाख ४ हजार रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भुर्चुअल माध्यमबाट सभा गर्ने तयारी भएको हो ।
उक्त साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा बैंकका लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि मंसिर २० गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस