aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले ८७ हजार १०० कित्ता संस्थापक शेयर मंसिर २१ गते मंगलवारदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी तीन संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विक्रीको लागि ३५ दिने सुचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले यो शेयर खरिदको लागि बैंकको केन्द्रिय कार्यालय विर्तामोड झापामा निवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस