aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

एनएमबि बैंकले स्विटजरल्याण्डबाट डेढ अर्ब ल्याउन स्वीकृति पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
एनएमबि बैंकले स्विटजरल्याण्डबाट डेढ अर्ब ल्याउन स्वीकृति पायो

काठमाडौं । तरलता अभाव भइरहेका बेलामा एनएमबि बैंकले विदेशबाट पैसा ल्याउने भएको छ । स्विटजरल्याण्डको ओबीएएम (OBVIAM) इन्भेष्टमेन्ट फण्डबाट सफ्ट लोन स्वरुप  १२ मिलियन डलर ( करिब डेढ अर्ब रुपैयाँ) बराबर पैसा ल्याउने भएको हो । 

उक्त पैसा ल्याउनका लागि मंगलबार नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । विदेशबाट सस्तो ब्याजदरमा ल्याएको ऋणले केही हदसम्म भएपनि नेपाली बैंकिङ प्रणालीको तरलता संकटमा राहत दिने विश्वास लिने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । यसअघि एक वर्ष पहिला पनि  बेलायती संस्था सीबीसीले एनएमबि बैंकलाई १५ मिलियन डलर ल्याइसकेको छ । 

गत हप्ता मात्रै एनएमबि बैंक लिमिटेड एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएको थियो  । नेपाली बैंकिङ इतिहासमै पहिलोपटक एनएमबि बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड हात पार्न सफल भएको हो। 
 

प्रतिक्रिया दिनुहोस