aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ मंसिर २०७८
नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौं । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको ऋण सहयोग प्राप्त भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंकद्वारा संचालनहुने कृषि रुपान्तरणका लागि समावेशि मूल्य श्रृंखला  परियोजना लागि को लागि नेपाल सरकार तथा कृषि विकास बैंक लिबीच अमेरिकी डलर ८ करोड ३३ लाख छ हजार बरावरको सहायक ऋण सम्झौता सम्पन्न भएको हो  । 

उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाकाराम तिवारीले हस्ताक्षर गरेका थिए ।

 यस परियोजनाबाट ५ वर्ष  अवधिभित्र १ लाख २५ हजार कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ । कृषि मूल्यश्रृंखलाको विकास र विस्तारका लागिकार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहूलियतपर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासंग सहकार्य गर्दै कृषकहरुको क्षमताअभि बृद्धि गर्ने कार्य समेत गर्ने लक्ष्य रहेका छ ।

प्रतिक्रिया दिनुहोस