aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सानिमा बैंकको २० लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
सानिमा बैंकको २० लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । सानिमा बैंकको २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । बैंकले प्रतिकित्ता रू. २२० मूल्य तोकेर उक्त शेयर लिलामीमा ल्याएको हो ।   

केहि संस्थापक शेयरधनीहरुबाट उक्त शेयर विक्रीको लागि आवेदन प्राप्त भएकाले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी बैंकले उक्त शेयर विक्री गर्न लागेको हो । इच्छुक विद्यमान संस्थापकहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आवश्यक कागजात सहित निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी समेत बैंकले गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस