aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ मंसिर २०७८
सांग्रिला डेभलपमेण्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा ल्याएको छ । बैंकले रुपेश थापाको नाममा रहेको उक्त शेयर विक्रीका लागि बुधवार ३५ दिने सुचना जारी गरेको हो । 

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक खरिदकर्ताहरुले बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस