aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबिच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबिच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । 

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।  

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपि राज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, टीएफसीपीसी प्रमूख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको उपस्थिति थियो ।  
 

प्रतिक्रिया दिनुहोस