aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

सिभिल बैंकको ऋणपत्र सर्वसाधारणको लागि विक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ मंसिर २०७८
सिभिल बैंकको ऋणपत्र सर्वसाधारणको लागि विक्री खुल्ला, ब्याजदर १०.२५ प्रतिशत


काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गतेदेखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गरेको छ । 

बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर १,००० रुपैयाँ अंकित मूल्यका ३०,००,००० (तीस लाख) कित्ता डिवेन्चरले हुन आउने ३ अर्ब रुपैयाँ बरावरको कुल डिवेन्चर मध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात  १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्न लागेको छ ।  उक्त ऋणपत्र बिक्रीबाट १८ लाख कित्ता डिवेन्चरले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवर ९एचष्खबतभ एबिअझभलत० बाट बिक्री गरिने छ ।

सर्वसाधारणहरुले कम्तिमा २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमाशिक रुपमा व्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई किन्बेच समेत गर्न सकिनेछ । 

सर्वसाधारणहरुले आफूले खरिद गर्न चाहेको ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुनेछ ।

बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ । 

यसका साथै अन्य धेरै डिवेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ ।  सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस