aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

खेलकुद बिकासका लागि सांग्रिलाको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ मंसिर २०७८
खेलकुद बिकासका लागि सांग्रिलाको सहयोग

काठमाडौं । नेपाल ए.पी.एम. टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुर मा हुदैछ । प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड रहेको छ । साथै यस प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । 

आजको एक कार्यक्रम बिच प्रायोजनको अनुबन्ध गरिएको हो । प्रतियोगितामा सहभागि हुने खेलाडीको सख्या ३२० रहेको छ । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका बिभागीय टोली संगै स्थानीय क्लबका पनि हुने छन् । 

अन्तमा टेबल टेनीस खेल बिकासको लागि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको सहयोग उल्लेखनिय रहेको कुरा ए.पी.एम. टेबल टेनिस क्लबको प्रमुखले धन्यबाद ब्यक्त गरेका थिए । नेपालको खेलकुद बिकासको लागि साग्रिला डेभलपमेन्ट बैंकको सहयोग सुरुवातले नयां आयाम सृजना गरेको छ । 

प्रतिक्रिया दिनुहोस