काठमाडौं । कुमारी बैंकले २९ हजार ६८८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रबार एक सुचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो ।
शेयर मूल्य भने विक्रेताले तोकेबमोजिम हुने जानकारी गराएको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सुचना प्रकाशित गरेको आजको मितीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय टैगाल काठमाडौं वा बैंकको शेयर रजिष्ट्रार,नक्साल काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य ब्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस