काठमाडौं । मुहली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर पुस ४ गते देखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ३ हजार ५ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा आवेदकले पुस ११ गते सम्म आवेदन दिन सक्नेछन् ।
शेयरको मूल्य न्यूनतम रू. ७३५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । यस शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्याक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
। बोलपत्र पेश गर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सख्याका लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ । पुस ११ गते अपरान्ह ३ बजे सम्म प्राप्त भएका बोलपत्रहरु पुस १२ गते बिहान ११ बजे खोल्ने जानकारी गराएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस