aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सानिमा बैंक अब काठमाडौंको बलम्बुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ मंसिर २०७८
सानिमा बैंक अब काठमाडौंको बलम्बुमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको बलम्बुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष  तुक प्रसाद पौडेल  र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ  र  हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका थिए । 

समुद्घाटन् समारोहमा मह जोडीले काठमाडौंको बलम्बुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनिवि श्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए  ।

 त्यसैगरी सानिमा बैंकका अध्यक्ष पौडेलद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए  । सानिमा बंैकको देशकासातै प्रदेशमा ११८कार्यालयर ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस