aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सेन्ट्रल फाइनान्सको ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ मंसिर २०७८
सेन्ट्रल फाइनान्सको ७० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा

काठमाडौं । सेन्ट्रल फाइनान्सले पाँच सदस्यहरुले विक्री गर्न चाहेको कुल ७० हजार ८९३ कित्ता संस्थापक शेयर मंसिर २७ गते सोमवारदेखि लिलामीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त शेयर विक्रीको लागि ३५ दिने सुचना जारी गरेको हो । 

तोकिएको अवधिभित्र खरिद गर्न इच्छुक विद्यमान संस्थापक सदस्यहरुले कम्पनीको केन्द्रिय कार्यालय कुपण्डोल, काठमाडौं वा कम्पनीको शेयर रजिष्ट्रार एनएमबी क्यापिटल मार्केट्स लिमिटेड, नागपोखरी काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी समेत कम्पनीले गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस