काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १८ गते बोलाएको २०औं वार्षिक साधारण सभा प्रयोजनका लागि पुस ५ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको छ ।
बुक क्लोजको आधारमा उक्त सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न पुस ४ गतेसम्म कायम शेयरधनीहरु मात्र योग्य हुनेछन् । कम्पनीको मंसिर ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २५ करोड १५ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस