काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सोमबार बर्दीयाको सानोश्री शाखा सञ्चालनमा ल्याएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका वडा नं.०६, सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो ।
बैंकले सोमबार सो शाखा संचालनमा ल्याएको हो । सानोश्री शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०५ पुगेको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बन्नेमा बैंक विश्वस्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस