काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे योजनामा तीन हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै तीन हजारसम्मको विशेष छुटको योजना ल्याएको हो ।
सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम तीन हजारसम्मको छुटको सुबिधा पाउन सक्नेछन् ।
यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी तीन हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने छन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस