aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विदेशी बैंकमा कस्टोडियन खाता खोल्न स्वीकृति नचाहिने (शंसोधित परिपत्र सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
विदेशी बैंकमा कस्टोडियन खाता खोल्न स्वीकृति नचाहिने (शंसोधित परिपत्र सहित)

काठमाडौं । विदेशी बैंकमा कस्टोडिनि खाता खोल्न तथा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको  स्वीकृति आवश्यक नपर्ने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा करोबारसँग सम्बन्धीत एकीकृत परिपत्र २०७६ शैसोधन गर्दै यस्तो व्यवस्था गरेको हो  । 

यसरी खुलेका खाताको विवरण वार्षिक रुपमा यस बैंकमा पेश गर्नु पर्नेछ । त्यस्तै, कागजातसहित प्रचलित कानूनबमोजिम भन्सार उद्घोषण गरी कानूनी रुपमा नेपाल भित्र्याइएको परिवत्र्य विदेशी मुद्राको हकमा जतिसुकै रकम पनि एकै पटकमा सटही प्रदान गर्न बाधा नहुने राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, प्रतीतपत्रमा उल्लिखित रकमको दश प्रतिशतभन्दा बढी हुने गरी संशोधन गर्नुपरेमा नियमानुसार गर्नुपर्ने अन्य कुराहरूका अतिरिक्त आफ्नो केन्द्रीय कार्यालयको समेत स्वीकृति लिनुपर्ने छ । तर, संशोधित रकम अमेरिकी डलर पाँच हजार वा त्यस बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा वा सो भन्दा कम हुने भएमा त्यस्तो स्वीकृति लिन आवश्यक नपर्ने जनाएको छ ।

 साथै, जारी भएको प्रतीतपत्रअन्तर्गत कागजात प्राप्त भई सोको भुक्तानी भई सकेपछि पुनः सोही प्रतीतपत्र संशोधन गर्न सकिने छैन । तर, यस्तो व्यवस्था रिभल्भिङ्ग प्रतीतपत्रको हकमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस