aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकको एसएसइ फेलोसिप कार्यक्रम ,१८ देखि ५० वर्ष भित्रकाले निवेदन दिन सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
नबिल बैंकको एसएसइ फेलोसिप कार्यक्रम ,१८ देखि ५० वर्ष भित्रकाले निवेदन दिन सक्ने

काठमाडौं। नबिल बैंकले एसएसइ फेलोसिप कार्यक्रम घोषणा गरेको छ।  यस फेलोसिपका लागि बैंकले त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको जनाएको छ।

फेलोसिप अन्तर्गत बैंकले एक वर्षसम्म आवश्यक सहयोग सहित ४० जनालाई संलग्न गराउने सम्झौता बैंकले गरेको हो। नबिल फेलोसिप कार्यक्रम आवासीय तालिममा आधारित छ। यसकालागि बैंकले ४० सहभागीलाई ६ महिने सिकाइपछि उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको जनाएको छ।

यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको हो। कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्ने बैंकले जनाएको छ। 

छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने र उनीहरुकालागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यो कार्यक्रममा सहभागी हुन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस