aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ मंसिर २०७८
ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ले इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्ममा गरिदिएको छ । फण्डले आव २०७७/७८ को मुनाफाबाट सत प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा मंसिर २६ गते देखि पठाएको जानकारी गराएको हो । 

हालसम्म पनि हितग्राही खातामा बैंक खातानं अद्यावधिक नगराएको इकाईधनीहरुे आफ्नो हितग्राही खातामा बैंक खाता यथाशिघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ । यसरी आइपीएस मार्फत लाभांश जम्मा गर्दा इकाईधनीहरुको बैंक खाताको नाम र बैंक खाता नम्बर हुवहु मलेको हदसम्म लाभांश रकम जम्मा गरीसकेको छ ।  

साथै हालसम्म पनि इकाईधनीहरुले आफ्नो हितग्राही खातामा इकाई पठाउन बाँकी रहेको देखिएको हुनाले यथाशिघ्र यस कम्पनीको कार्यालय नक्साल काठमाडौंमा आई अभौतिकरण गर्नुपर्ने हुन्छ । योजना ब्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस