काठमाडौं । नेपाली कांग्रेस वीपीले लाखौँ लगानीकर्ताहरुको मनोवल उच्च राखी लगानीको वातारण बनाउन माग गरेको छ । मंगलबार नेपाली कांग्रेस वीपीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– ठूला भनाउँदा पार्टीका जिम्मेवार नेताहरुबाट गैरजिम्मेवारी अभिव्यक्ति नदिन र लाखौँ लगानीकर्ताहरुको मनोबल उच्च राखी लगानीको वातावरण सिर्जना गर्नका साथै पूँजि बजारको विकास र विस्तारको लागि तत्काल कार्य गर्न नेपाल सरकारलाई नेपाली कांग्रेस वीपी जोडदार माग गर्दछ ।
त्यस्तै, शेयर बजार अर्थतन्त्रको मेरुदण्ड र सूचांक पनि रहेको बताउँदै विज्ञप्तिमा नियमनकारी निकायहरुमा अध्ययन नहुादाको परिणाम पूाजिबजार प्रति सकारात्मक धारणा आउन नसक्नु र खुल्ला अर्थतन्त्रको हिमायति हुँ भन्ने नेपाली कांग्रेस सरकारको प्रमुख भएर मौन रहनु दुखद कुरा रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस