काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै पूर्वाधार विकास बैंकले दिएको कर्जाको पुनरतालिकीकरणमा कडाई गरेको हो ।
उक्त निर्देशनमा असल कर्जा वर्गमा वर्गिकरण भइसकेका कर्जालाई पुनरतालिकीकरण गर्दा न्युनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने उल्लेख छ । कमसल तथथा खराब वर्गमा वर्गिकरण भइसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववतः कायम गरिएको कर्जा नोक्सानीको व्यवस्थामा लगातार २ वर्षसम्म नियमित भइसकेको अवस्थामा पुनः समायोजन गर्न नपाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, पुनरतालिकीकरण गरिएका कर्जाको किस्ता तथा ब्याजको भुक्तानी लगातार २ वर्षसम्म नियमित भइसकेको अवस्थामा मात्रै असल कर्जामा गणना गर्न सकिने निर्देशनमा भनिएको छ ।
विस्तृतमा हेर्नुहोस्, नयाँ निर्देशन
प्रतिक्रिया दिनुहोस