काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डीपुटी सीईओ सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैंठकले कँडेललाई आगामी चारवर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको चारवर्षे कार्यकाल सकिएपछि अवकाश लिने निर्णय गरेका थिए । गौतमले बैंकबाट छोडेपछि कँडेल कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका कँडेल १६ वर्षदेखि सिद्धार्थ बैंकका विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी सकेका छन् भने विगत चार वर्षदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस