aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंकको साधारण सभा शुक्रवार, १७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
नेपाल बैंकको साधारण सभा शुक्रवार, १७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुस २ गते शुक्रवार ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ९ गतेको सञ्चालक समितिको बैठकले बैंकको प्र्रधान कार्र्यालय, धर्मपथ, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्र्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित  गर्नुका साथै प्रस्तावित कुल १७ प्रतिशत लाभांशलाई पनि अन्तिम रुप दिनेछ । 

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ । 

बोनस पश्चात यो पूँजी रू. १४ अर्र्ब ४० करोड ५९ लाख ४ हजार पुग्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कायम शेयरधनीहंरु मात्र बैंकको यस वर्षको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस