aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ पुस २०७८
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. भट्टलाई आजदेखि लागू हुनेगरि नेपाल राष्ट्र बैंकको प्रवक्तामा तोकिएको हो ।   

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए । 

प्रतिक्रिया दिनुहोस