aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ पुस २०७८
नबिल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । बैंकले निष्कासन गरेको ८ प्रतिशत ब्याजदरको नबिल डिवेन्चर २०८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी गर्ने, रोक्का राख्ने लगाएतका ऋणपत्रवालाहरुको लगत अद्यावधिक गर्ने लगाएतका सम्पूर्ण कार्यको लागि नबिल इन्भेष्टमेण्ट नियुक्त भएको हो ।

 बैंकले गत साउनमा विक्री गरेको ७ वर्षे अवधिका ऋणपत्र मंसिर १६ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको थियो । बैंकले २२ लाख ७ हजार १०८ कित्ता ऋणपत्र दोस्रो बजारमा सूचीकृत रहेको हो । बैंकको यो ऋणपत्र एनबिएलडी ८५ स्टक संकेतमा सूचीकृत भएको छ । 
 

प्रतिक्रिया दिनुहोस