aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बङ्गलादेश बैंकको अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ पुस २०७८
नेपाल बङ्गलादेश बैंकको अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राखेर अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइट www.nbbl.com.np अनलाइन फिक्स डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन् । 

बैंकले यो योजना विशेष गरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि ल्याएको जनाएको छ । यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस