aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिभिल बैंकको ऋणपत्रमा साढे ४ लाख कित्ताको आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
सिभिल बैंकको ऋणपत्रमा साढे ४ लाख कित्ताको आवेदन

काठमाडौं । सिभिल बैंकले मंसिर २४ गते शुक्रवारदेखि निष्कासन गरेको ऋणपत्रमा पुस ५ गतेसम्म ४ लाख ५२ हजार १५७ कित्ताको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार सोमवार साझ ५ बजेसम्म ७ हजार ३२७ जना आवेदकहरुबाट उक्त कित्ता ऋणपत्र खरिद माग भएको हो । 

बैंकले रू. ३ अर्ब बरावरको ३० लाख कित्ता ऋणपत्र खरिदका लागि छिटो अवधि मंसिर २८ गतेसम्म तोकेको थियो । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि पुस ९ गतेसम्म ऋणपत्र विक्रीमा रहने जानकारी बैंकले दिएको हो । 

बैंकले कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि सार्वजनिक निष्कासनमा ल्याएको हो भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको छ । सर्वसाधारणको लागि निष्कासन गर्ने कुल १२ लाख कित्ता ऋणपत्र मध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने बाँकी सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

आवेदकले यस ऋणपत्रमा न्यूनतम २५ कित्ता का लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । कम्पनीले १० वर्ष अवधिका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस