काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ सम्मको मुुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस