aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल पेमेन्ट सोलुसन्सको डिजिटल इकोसिस्टम बिस्तारमा लुम्बिनी विकास बैंकसँग सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ पुस २०७८
नेपाल पेमेन्ट सोलुसन्सको डिजिटल इकोसिस्टम बिस्तारमा लुम्बिनी विकास बैंकसँग सहकार्य

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्स्ओ र सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ र विशल जोशी, आईटी र कार्ड प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

लुम्बिनी बिकास बैंक लिमिटेडले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले लुम्बिनी बिकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, लुम्बिनी बिकास बैंक लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । 

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस