aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मितेरी डेभलपमेण्ट बैंकले पुस २८ गते साधारण सभा गर्ने, १४ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ पुस २०७८
मितेरी डेभलपमेण्ट बैंकले पुस २८ गते साधारण सभा गर्ने, १४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंकले पुस २८ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले सुनसरी उद्योग वाणिज्य महासंघ, धरान, सुनसरीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्र्र्ष  ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले कुल १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

यस वर्र्ष गत वर्षभन्दा बैंकले १ दशमलव ७९ प्रतिशत कम लाभांश दिन लागेको हो । गत वर्र्ष  बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्र्रतिशत नगद लाभांश वितरण गरेको थियो । यी प्रस्तावसँगै सभाले सर्वसाधारण समूहका शेयरधनीहरुबाट तीन जना सञ्चालकहरुको निर्वाचन समेत गर्ने कार्यक्रम रहेको छ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस  १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


 

प्रतिक्रिया दिनुहोस