काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरु गरेको छ । पुष गते वीरेन्द्रनगर सुर्खेत स्थित मोडेल कलेज सुर्खेतमा, पुष ६ गते वीरेन्द्रनगर सुर्खेत स्थित सुर्खेत बहुमुखी क्याम्पसमा, सुर्खेतमा र अमरदीप क्याम्पस, सुर्खेतमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल बैंक लिमिटेड, वीरेन्द«नगर शाखा, मोडेल कलेज, सुर्खेत बहुमुखी क्याम्पस र अमरदिप क्याम्पस सुर्खेतको सहकार्यमा विद्यार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।
मोडेल कलेज, सुर्खेतमा क्याम्पस प्रमुख गणेश आचार्यको सभापतित्व, सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेतमा क्याम्पस प्रमुख माधब प्रसाद खनालको सभापतित्व र अमरदिप क्याम्पस, सुर्खेतमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण पौडेलको सभापतित्वमा संचालीत उक्त कार्यक्रमहरुमा नेपाल वैंक लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख अश्विनकुमार पुडासैनीको प्रमुख आतित्यथा रहेको थियो ।
त्यसैगरी अतिथिको रुपमा सम्बन्धित क्याम्पसका सह–क्याम्पस प्रमुखहरु, नेपाल बैंक लिमिटेड, विरेन्द्रनगर शाखाका शाखा प्रवन्धक लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमहरुमा करिब ३०० विद्यार्थीहरु सहभागि भएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बंैकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ्ग प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बंैकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक बिधार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिनु भएको थियो । नेपाल वैंकले भविष्यमा उद्यमी बन्न चाहने विधार्थीलाइ सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्ने कुरालाई जोड दिए ।
त्यसैगरि, नेपाल बैंक लिमिटेड जुम्ला शाखाको पहलमा जुम्ला बहुमुखी क्याम्पस जुम्लामा पुष ८ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बंैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।
प्रतिक्रिया दिनुहोस