aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिभिल बैंकले कुल ५.२६ प्रतिशत लाभांश पुस ३० गते पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
सिभिल बैंकले कुल ५.२६ प्रतिशत लाभांश पुस ३० गते पारित गर्दै

काठमाडौं । सिभिल बैंक लिमिटेडले पुस ३० गते प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्ने भएको छ । उक्त दिन बैंकले ११ औं वार्षिक साधारण सभा बोलाएको हो । बैंकको पुस ८ गतेको सञ्चालक समितिको बैठले आम्रपाली बैंकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।   

गत आर्थिक वर्ष ०७७/७८ सम्मको मुुनाफाबाट बैंकले हाल कायम चुक्तापूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तालाई सभाले अन्तिम रुप दिनेछ ।  

यस वर्ष बैंकले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको दिन मंगलवार बैंकको शेयरमूल्यमा सामान्य घटबढ भएको छ । लाभांश सँगै बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत सभाले गर्नेछ ।  

अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस