काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारदेखि पाँच सयका नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले पाँच सय रुपैयाँको नोट साविककै आकार तथा रङमा संकेत नम्बर छ/३८ ०००००१ देखि झ/ ४२ ९९९९९९ सम्मको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लागिगुँरासको पानी छाप रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको उक्त नोटको तल्लो भागको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा विं सं. २०७७ लेखिएको छ ।
त्यस्तै, ३.५ मिमि चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधार हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो देखिने) सुरक्षण धागो रहेको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डा आकारभित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुवेरको चित्र समेत रहेको छ ।
त्यस्तै, लालिगुँरासको पानी छापको बाँयातर्फ फरक क्षमता भएका दृष्टिविहिनहरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुई वटा कालो थोप्लोहरु राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस