aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अब सनराइज बैंकको डेविट कार्डबाट सहकारीका ग्राहकले भुक्तानी गर्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ पुस २०७८
अब सनराइज बैंकको डेविट कार्डबाट सहकारीका ग्राहकले भुक्तानी गर्न सक्ने

काठमाडौं । अब सनराइज बैंकको भिसा डेविट कार्डमार्फत  सहकारीका ग्राहकहरुले भुक्तानी गर्न पाउने भएको छ । बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्ड मार्फत भुक्तानी पाउने व्यवस्था सुरु गरेको हो ।  

बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता समेत गरेको छ । कार्यक्रममा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले ४ वर्षको प्रयासपछि सहकारीमा भिसा डेविड कार्ड प्रयोगमा ल्याउन सफल भएको जानकारी दिए ।   

बैंकले पहिलो चरणमा चार वटा सहकारी संस्थासँग भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्थामा सम्झौता गरिसकेको छ । भिसा ब्राण्ड अन्तर्गत सहकारी संस्थाको ग्राहकको लागि भिसा डेबिट कार्ड जारी गर्ने यो योजना दक्षिण एसियामा पहिलो भएको छ । सनराइज बैंकले यो परियोजना अन्तर्गत जारी हुने कार्ड मार्फत हुने कारोबारको लागि सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस