काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले चौधौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा होटेल भिश्वा बीरगञ्ज पर्सामा बेलुका ५ः४५ बजे शुरु हुने जानकारी गराएको छ ।सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
त्यसैगरी यस बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस