aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वेष्ट फाईनान्सका निक्षेपकर्ता सिंहले पाए एक तोला सुन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
वेष्ट फाईनान्सका निक्षेपकर्ता सिंहले पाए एक तोला सुन

काठमाडौँ । बिद्युतीय भुक्तानी प्रणाली फोन पेले आफ्नो प्रयोगकर्ता ग्राहकहरुको लागि ‘क्यूआरको गुण, एक तोला सुन’ कार्यक्रम अन्तर्गत १ तोला सुन वेष्ट फाईनान्स निक्षेपकर्ता संजयकुमार सिंहलाई हस्तान्तरण गरिएको छ ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले व्यवस्थापनको उच्च तहका पदाधिकारीको उपस्थितिमा १ तोला सुन उपहार हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा उपहार प्राप्त गर्न सफल सिंहले आफुले वेष्ट फाईनान्स कम्पनीमा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यूआर प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा हर्षित हुँदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने बताए ।

फाइनान्सले १४ वटा शाखा कार्यालय मार्फत विभिन्न डिजिटल बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस