aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर एक हजार २८१ जनाले भरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ पुस २०७८
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर एक हजार २८१ जनाले भरे

काठमाडौं । पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर पुस ११ गतेसम्म १ हजार २८१ जना शेयरधनीहरुले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार आइतवार अपरान्ह ४ बजेसम्म यी शेयरधनीहरुबाट १ लाख ११ हजार २४७ कित्ता हकप्रद शेयर खरिदको लागि आवेदन प्राप्त भएको हो ।

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयर सार्वजनिक निष्कासनमा आएको पाँच दिनमा ८ दशमलव ४७ प्रतिशत मात्र विक्री भएको हो । कम्पनीले १ बराबर १ को अनुपातमा रू.१३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको हो । 

यो हकप्रद शेयर खरिदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्र्रदान गरेको छ । हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस