aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ पुस २०७८
एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

मोरङ । बिराटनगर महानगरपालिका–३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा रतुवामाई नगरपालिका–५ बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस