काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले मंसिर महिनामा रू. २ करोड ४७ लाख ३३ हजार नाफा गरेको छ । कात्तिक महिनामा यो नाफा रू. ३ करोड ७९ लाख ४९ हजार रहेको थियो ।
कात्तिक महिनाको तुलनामा मंसिर महिनामा योजनाको नाफामा भने कमि आएको हो । योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफामा कमि देखिएको हो । योजनाले कात्तिक महिनामा रू. ४ करोड १६ लाख ९२ हजार जम्मा आम्दानी गरेकोमा मंसिर महिनामा रू. २ करोड ९३ लाख ६ हजार मात्र यो आम्दानी गरेको हो । उता कात्तिक महिनामा रू. ३७ लाख ४३ हजार खर्च गरेको योजनाले मंसिर महिनामा रू. ४५ लाख ७२ हजार खर्च गरेको छ ।
योजनाको प्रति इकाई खुद मूल्य पनि कात्तिकको तुलनामा घटेको छ । कात्तिक महिनामा रू. १० दशमलव ८३ रहेको योजनाको यो मूल्य मंसिर महिनामा रू. १० दशमलव ५६ कायम भएको हो । धितोपत्र बजार सूचीकृत र सूचीकृत हुन बाँकी धितोपत्रमा योजनाले गरेको लगानीको परल मुल्य रू. २६ करोड ४२ लाख ६ हजार रहेको छ । योजनाले गरेको लगानीको बजार मूल्य भने रू. ३३ करोड ८९ लाख ७ हजार छ । योजनाले धितोपत्रमा गरेको लगानीको परलमुल्य भन्दा बजारमूल्य भने बढीने रहेको छ ।
मंसिर महिनामा योजनको खुद सम्पत्ति रू. ५२ करोड ७८ लाख ३८ हजार छ । यो सम्पत्ति कात्तिक महिनामा रू. ५४ करोड १४ लाख ६७ हजार थियो । खुद सम्पत्तिमा पनि कात्तिक महिनाको भन्दा मंसिर महिनामा कमि आएको हो । खुलामुखी प्रकृतिको यस योजनाको मंसिर महिनासम्म ४ करोड ९९ लाख ९४ हजार ३९६ इकाई कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस